‘सबैले छोडेर गए’ बोलको गीतमा मोडल सजिना लामिछाने

रंग नेपाल २०८१ असार १४ मा प्रकाशित

काठमाडौं । गायक स्वरूपराज आचार्यको स्वर रहेको नयाँ गीत ‘सबैले छोडेर गए’ सार्वजनिक भएको छ ।

गीतमा मोडल सजिना लामिछानेको अभिनय रहेको छ । गीतमा मोडल लामिछानेलाई अर्जुन पोखरेल र दिशान्त बुढाथोकीले साथ दिएका छन् ।

जीपी तिमिल्सिनाको ‘सबैले छोडेर गए’ गीतमा राजीव शाहको संगीत रहेको छ । गीत ‘राजीव शाह’ नामक युट्युब च्यानलबाट बजारमा आएको हो ।

गीतमा दुई युवा साथिहरु र युवतीबीचको माया प्रेम र धोकाको विषयलाई देखाइएको छ ।

यसअघि पनि दुई दर्जन बढी म्यूजिक भिडिओहरुमा अभिनय गरिसकेकी मोडल लामिछानेले अझै थुप्रै गीतहरु आउने तयारीमा रहेको बताइन् ।

धेरै पढिएका

पछिल्ला अपडेट