झ्याप् भएर हवाईजहाजमा हो-हल्ला गरेपछि गायक राजेशपायल राई प्रहरी नियन्त्रणमा

रंग नेपाल २०८१ असार १४ मा प्रकाशित

काठमाडौं । गायक राजेश पायल राई मदिरा सेवन गरेर बेलाबेलामा विभिन्न हत्कण्डा मच्चाइरहन्छन् । उनलाई मदिराले प्रहरी हिरासतमासमेत पुर्‍याएको छ ।

यसैबीच दुबईमा सांगितिक कायर्यक्रममा जान लागेका राईलाई आज प्रहरीले नियन्त्रणमा लिएको छ ।

एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै राईलाई प्रहरीको जिम्मा लगाएको हो । राई आज बिहान १० बजे फ्लाई दुबईबाट दुबई जान लागेका थिए ।

अत्यधिक मदिरा सेवन गरेर बोडिङ पास भएपछि जहाजमा होहल्ला गरेका कारण एयरलाइन्सले प्रहरीको जिम्मा लगाएको हो । राईले अत्यधिक मदिरा सेवन गरेर जहाजमा हो-हल्ला गरी त्यहाँ पालना गर्नुपर्ने नियम पालना नगरेकाले एयरलाइन्सले प्रहरीको जिम्मा लगाएको हो । राई अहिले प्रहरीको नियन्त्रणमा छन्।

धेरै पढिएका

पछिल्ला अपडेट