मिस्टर एण्ड मिस नेशन नेपालको उपाधि धिरज र गजललाई

रंग नेपाल २०८० असार ११ मा प्रकाशित

काठमाडौं । मिस्टर एण्ड मिस नेशन नेपाल २०२३ को ताज काठमाडौंका धिरजकाजी बस्नेत र जनकपुरकी गजल कर्णले पहिरिएका छन् ।

आई डु इभेन्टले आयोजना गरेको प्रतियोगितामा नेपालका विभिन्न भू–भागबाट छानिएर आएका १७ जना प्रतिस्पर्धीलाई उछिन्दै धिरज र गजलले ताज लगाएका हुन् । विजेताले ताजका साथै जनही ५० हजार रूपैयाँ बराबरको पुरस्कार पाएका छन् । प्रतियोगितामा त्रिवेणी पराजुली र मिस दर्पण बस्नेत फर्स्ट रनरअप भएका छन् भने सेकेण्ड रनरअपको ताज मिस्टर निर्जल घिमिरे र मिस मारीना ढुंगेलले पहिरिएका छन् ।

प्रतियोगितामा महत्वका साथ हेरिएको भ्युअर्स च्वाइस अवार्ड धिरजकाजी बस्नेत र माही श्रीवास्तवले पाएका छन् । कार्यक्रमा आई डु इभेन्ट का मानजिङ डिरेक्टर पुरुषोतम मल्लिक, इभेन्ट म्यानेजर ललिता सापकोटा, इभेन्ट कोर्डिनेटर निशिल भट्टराईले गमलामा पानी हालेर कार्यक्रमको सुरुवात गरेका थिए ।

धेरै पढिएका

पछिल्ला अपडेट