‘बडिबिल्डर’ खेलाडी सम्मानित

रंग नेपाल २०८० जेठ १ मा प्रकाशित

काठमाडौं । नेपाली महिला र पुरुष तीनजना अन्तर्राष्ट्रिय खेलाडीलाई उनीहरुले पुर्‍याएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको छ ।

यसरी सम्मानित हुनेमा निर्मला महर्जन (पहिलो नेपाली महिला अन्तर्राष्ट्रिय ‘बडिबिल्डर’ तथा तेक्वान्दो खेलाडी), भगवती खड्का (पहिलो महिला ‘रेस्लर’) र उमेश राई (बडिबिल्डर तथा सर्वाधिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक विजेता) छन् । साथै सोही कार्यक्रममा विकास खड्गी (युवा उद्यमी), आनन्द राई (सङ्गीतकार) र जेसिका चेम्जोङ (समाजसेवी) अभिनन्दन गरिएको थियो ।

बागमती प्रदेशसभा सदस्य रमा आलेमगर र चन्द्र्रागिरि चेम्बर अफ कमर्शका अध्यक्ष रामनारायण घिमिरेले अधिवाह नेपाल नामक सामाजिक संस्थाद्वारा आयोजित कार्यक्रममा उनीहरुलाई सम्मान एवं अभिनन्दन गरे ।

सो अवसरमा प्रदेशसभा सदस्य आलेमगरले आर्थिक समृद्धि हासिल गर्न सामूहिक प्रयत्नको खाँचो औँल्याउँदै यस्ता कार्यक्रममार्फत राष्ट्रिय व्यक्तित्वको थप पहिचान हुने बताइन् ।

अध्यक्ष घिमिरेले भने, “चन्द्रागिरि चेम्बर अफ कमर्शले उद्यमीका समस्या सम्बोधन गर्न विभिन्न काम गरिराखेको छ ।” संस्थाका अध्यक्ष रजनी श्रेष्ठ र सचिव एवं कार्यक्रम संयोजक सुरेन्द्र श्रेष्ठ (रमन)ले देशका प्रतिभालाई सम्मान गर्न पाएकामा गौरवान्वित भएको बताए ।

धेरै पढिएका

पछिल्ला अपडेट