हुक्काको ‘जाउ नआउ’ बोलको गीत सार्वजनिक

रंग नेपाल २०८० वैशाख ३० मा प्रकाशित

काठमाडौं । चलचित्र ‘हुक्काः एन एब्सर्ड ड्रिम’ को गीत सार्वजनिक भएको छ । चलचित्रको सार्वजनिक ‘जाउ नआउ’ बोलको गीत शुक्रबार युट्युव मार्फत सार्वजनिक गरिएको हो ।

गीतमा युशिन राईको स्वर तथा शब्द र प्रयत्न श्रेष्ठको संगीत रहेको छ । गीतमा चलचित्रका केही संवादसहितका दृश्य समेटिएको छ । गीतमा चलचित्रकी प्रमुख अभिनेत्री प्रमिला खनालको पीडा प्रस्तुत गरिएको छ ।

शम्भु थापाको निर्देशन रहेको चलचित्रमा सन्तोषकुमार आत्रेयको कथा र सन्तोष र भगवान पौडेलको पटकथा छ । रेश्मा प्रधान सह–निर्माता, पार्वती थापा, सुशीला गुरुङ र सागर गोदार क्षेत्री निर्माता रहेको चलचित्रमा कमलबहादुर भुजेल र किरणकुमार आत्रेय कार्यकारी निर्माता छन् ।

चलचित्रमा प्रकाश घिमिरे, सन्तोषकुमार आत्रेय, प्रमिला खनाल, तेज गिरी, अशु न्यौपाने, तलिसा गुरुङ, निश्चल विमल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट