ध्यान बीचमै छाडेर स्वदेश फर्किए आमिर खान

रंग नेपाल २०८० वैशाख २९ मा प्रकाशित

फाइल तस्वीर

काठमाडौं । बलिउडका चर्चित अभिनेता आमिर खान विपश्यना (ध्यान) बीचमै छाडेर स्वदेश फर्किएका छन् ।

खान गत आइतबार विपश्यनाका लागि काठमाडौं आएका थिए । उनी शुक्रबार बिहान १०ः५० बजे भारत फर्किएका हुन् ।

उनी बूढानीलकण्ठस्थित नेपाल विपश्यना ध्यान केन्द्रको ध्यान शिविरमा भाग लिन आएका थिए ।

१० दिन अवधीको उक्त ध्यान वैशाख ४ गते समाप्त हुने तालिका थियो । तर उनी ध्यानको अवधी पूरा नगरी शुक्रबार स्वदेश फर्किएका हुन् ।

उनले किन ध्यान बीचमै छोडेर फर्किए भन्ने बारे खुलाइएको छैन् । आइतबार नेपाल आउँदा उनलाई व्यवसायी रुप ज्योतिले विमानस्थलमा स्वागत गरेका थिए ।

धेरै पढिएका

पछिल्ला अपडेट