तामाङ पप गीत ‘आङीला जामे से ङाला सेम’ बजारमा

रंग नेपाल २०८० वैशाख १२ मा प्रकाशित

काठमाडौं । रिलिज अगावै चर्चा बटुल्न सफल पहिलो तामाङ पप गीत ‘आङीला जामे से ङाला सेम’ बजारमा आएको छ । हेरुका लामा अफिसियल युटुबमार्फत बौद्धस्थित शेनुर हाउसमा एक पत्रकार सम्मेलनबीच गीतको अफिसियल म्युजिक भिडियो बजारमा ल्याएको हो ।

सांगे ब्लोन तामाङ र गायक आशोक मोक्तान तामाङ्को शब्द रहेको गीतमा उनै गायक अशोक मोक्तानको संगीत र स्वर रहेको छ ।

दिपेश प्रधानको संगीत संयोजन र मिक्सिङ, रहेको गीतको म्युजिक भिडियोलाई बज्र ङेसुर र त्रिलोक लामाले छायांकन, राजेश कुमारले सम्पादन र कलर, सुमिना लोले डबिङ, अर्पण थिङले ब्याकराउण्ड म्युजिक गरेका हुन् ।

मोडल एंव निर्देशक हेरुका लामाको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा याङ्की दोङ, अजय कुमार रञ्जितकार, सिता लामा घिसिङ र उनै निर्देशक एंव मोडल हेरुका लामाको अभिनय रहेको छ ।

 

धेरै पढिएका

पछिल्ला अपडेट