काठमाडौं । उदय सुब्बाको निर्देशनमा चलचित्र ‘दुई कदम’को छायाङ्कन मुस्ताङमा भइरहेको छ ।
चैत १६ बाट छायाङ्कन सुरु भएको सिनेमाको धनकुटा, तेह्रथुम, इलाम, झापा र धरानमा पनि छायाङ्कन गरिने निर्माण पक्षले जनाएको छ ।
दयाराम घिमिरेको कथा रहेको प्रेमकथामा आधारित चलचित्र तारादेवी लिम्बूले निर्माण गरेका हुन् । अजम्बरी फिल्म्सको ब्यानरमा निर्माण भइरहेको चलचित्रमा गौरव पहारी, बुद्धि तामाङ, इओन लिम्बू, सिमोन गिरी, सुनिल थापा, अर्जुन गुरुङ (भँगेरी), कविता आलेमगर, विमला लिम्बू, चन्दा दाहाल, जीवन लिम्बूलगायतका कलाकारको अभिनय छ ।
विक्रम डीसीको छायाङ्कन रहने चलचित्रमा ताराप्रकाश लिम्बू र विकास चौधरीको सङ्गीत, राजु किराँतीको द्वन्द्व निर्देशन तथा रामजी लामिछानेको नृत्य निर्देशन छ ।
निर्माण टिमले चलचित्रको प्रदर्शन लक्ष्य भदौलाई बनाएर छायाङ्कन गरिरहेको जनाएको छ ।