सुन्दरबजार नगरपालिकाको कानेश्वारामा ठाडो भाका प्रतियोगिता सम्पन्न

रंग नेपाल २०७९ चैत १२ मा प्रकाशित

काठमाडौं । लमजुङको सुन्दरबजार नगरपालिका धुसेनी–१० कानेश्वारा हेसे ह्ऐतुङ गुम्बामा लमजुङ्गे ठाडो भाका तथा बाघचाल प्रतियोगित सम्पन्न भएको छ ।

दुरा सेवा समाज धुसेनी इकाई सुनपा-१० को आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो । सुन्दर बजार नगरपालिका वडा नम्बर–१० प्रायोजक रहेको प्रतियोगिता चैत ७ देखि ८ गतेसम्म भएको थियो । कार्यक्रमको प्रमुख आतिथ्यता सुन्दरबजार नगरपालिकाका प्रमु्ख कृष्णप्रसाद कोइरालाले गरेका थिए भने वडा नम्बर १० का अध्यक्ष दीपकराज ढकाल लगायतको आतिथ्यता र ठाडो भाका प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीको अध्यक्षता प्रतियोगिता सम्पन्न भएको हो ।

ठाडो भाकाको संरक्षण एवम् संवद्र्वनको उदेश्यसहित आयोजना गरिएको प्रतियोगितामा पुरुषतर्फ अमरध्वज गुरूङ र महिलातर्फ चिजमायाँ भण्डारीको टोलीले प्रथम पुरस्कार जितेको छ । यस्तै, नरसुब्बा दुरा र इन्द्रकुमारी दुराको टीम दोस्रो भएको छ भने दूधपोखरी गाउँपालिकाका नरबहादुर गुरुङको टोली तेस्रो हुँदा आशबहादुर दुराको टोलीले सात्वना पुरस्कार जित्न सफल भएको छ ।

प्रतियोगितमा प्रथम हुनेलाई २५ हजार, दोस्रो हुनेलाई २० हजार, तेस्रो हुनेलाई १५ हजार र सात्वना पुरस्कार जित्नेलाई १० हजार साथै प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितमा प्रथम भएको टोलीलाई पुख्र्यौली घर लमजुङ भई काठमाडौंमा बसोबास गर्दै आएकी समाजसेवी दिलमाया दुरा र दोस्रो भएको टोलीलाई लमजुङ नै पुख्र्यौली थलो भइ हाल बेलायत बस्दै आएका भीमबहादुर दुरा, तेस्रो हुने टोलीलाई गणेशमान दुरा (बासपानी) र सात्वना पुरस्कार जित्नेलाई अमेरिका बस्ने गजेन्द्र भण्डारी पुरस्कार प्रायोजन गरेका थिए । दुई दिनसम्म चलेको कार्यक्रममा दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रतियोगितामा ठाडो भाका गायक रमेश परियार, विवेक धिताल, सोना परियार, कृष्ण गन्धर्व लगायत राष्ट्रिय कलाकारहरु सार्थ लोकप्रिय गायिका राधा भण्डारी, तुलसी माया ठकुरी र रमना भण्डारीलगायत कलाकारहरुले पनि पस्तुति दिएका थिए । प्रतियोगिताको निर्णायक मण्डलमा ठाडो भाका संरक्षकसमेत रहेका वरिष्ठ गायक तथा सर्जक बुद्विमान दुरा (धम्पु) र लोकप्रिय गायिका सीता मायाँ दुरा रहेका थिए ।

प्रतियोगितको सञ्चालन कोइरालाफाँट युवा क्लबका सचिवसमेत रहेका टेकबहादुर दुराले गरेका थिए । कार्यक्रमको पहिलो दिन गण्डकी प्रदेशका सांसद भेषबहादुर पौडेलले प्रतियोगितको उद्घाटन गरेका थिए । सुनपा धुसेनी दुरासेवा कानेश्वारा इकाईका अध्यक्ष गणेशमान दुरा र सोही वडाका सदस्य योगेन्द्र गुरूङका अनुसार प्रतियोगिताले लोप हुँदै गएको ठाडो भाकाको संरक्षण गर्न तथा नयाँ पुस्तालाई ठाडो भाकाप्रति आकर्षण गराउन प्रतियोगिताले ठूलो भूमिका खेलेको र हेसे ह्ऐतुङ गुम्बालाई पर्यटकीय स्थलको रूपमा विकास गर्न पनि सघाउ पुगेको छ । प्रतियोगितालाई भव्यताका साथ सम्पन्न गर्न सुकबहादुर दुरा र रामबहादुर पाण्डे, देवी आले मगर, रनबहादुर दुरा, सुजन कोइराला लगायतले विशेष भूमिका निर्वाह गरेका थिए ।

धेरै पढिएका

पछिल्ला अपडेट