ज्यान मार्ने धम्कीपछि सलमान खानको सुरक्षा बढाइयो

रंग नेपाल २०७९ चैत ६ मा प्रकाशित

काठमाडौं । ज्यान मार्ने धम्की आएपछि बलिउड अभिनेता सलमान खानको सुरक्षा बढाइएको छ । ग्याङ्स्टर लरेन्स बिश्नोईले जेलबाट ज्यान मार्ने धम्की दिएपछि उनको सुरक्षा बढाइएको हो । यस्तै, बिश्नोईविरूद्द प्रहरीमा एफआईआरसमेत दर्ता गरिएको छ ।

सलमानको घरमा सुरक्षा थप कडा पारिएको छ भने घर वरिपरि मानिसहरुलाई जम्मा हुनसमेत बन्देज लगाइएको छ । पन्जाबी गायक सिद्धु मुसेवालाको हत्यामा संलग्न लरेन्स बिश्नोई हाल भटिन्डा जेलमा छन् । उनले केही दिनअघि सलमानलाई माफी माग्न नभए परिणाम भोग्न तयार रहन चेतावनी दिएका थिए । सलमानमाथि कालो हरिण मारेको आरोप छ । कालो हरिण ज्यान मार्ने धम्की दिने बिश्रोईको समुदायले पूजा गर्ने जनावर हो ।

धेरै पढिएका

पछिल्ला अपडेट