सलमान खानलाई धम्की, माफी नमागे परिणाम भोग्नुपर्ने चेतावनी

रंग नेपाल २०७९ चैत ३ मा प्रकाशित

काठमाडौं  । पञ्जाबी गायक सिद्धु मुसेवालाको हत्या अभियोगमा सजाय काटिरहेका ग्याङ्स्टर लरेन्स बिश्नोईले भारतीय अभिनेता सलमान खानलाई फेरि धम्की दिएका छन् ।

भटिण्डा जेलमा रहेका लरेन्सले सलमानलाई सन् १९९८ मा कालो हरिण मारेकोमा माफी माग्नुपर्ने वा नतिजा भोग्नुपर्ने चेतावनी दिएका छन् ।

गत वर्ष जुनमा पनि मुम्बई प्रहरीमा सलमान र उनका बुबा सलिम खानलाई अज्ञात व्यक्तिबाट धम्कीको पत्र प्राप्त भएको सम्बन्धमा एफआईआर दर्ता गरेका थिए ।

‘यदि सलमानले माफी मागेन भने, परिणाम भोग्न तयार रहनु । छिट्टै उसको अहंकार चकनाचुर हुनेछ । हाम्रो देवताको मन्दिरमा आएर माफी माग्नुपर्छ । हाम्रो समाजले माफ गर्यो भने म केही बोल्दिन,’  लरेन्सले भनेका छन्।

लरेन्स र उनको समुदाय कालो हरिणलाई सम्मान गर्छन् र यसलाई पवित्र जनावर मान्छन् । सलमानमाथि कालो हरिणको शिकार गरेको आरोप छ ।

धेरै पढिएका

पछिल्ला अपडेट