कपिलले ‘द कपिल शर्मा शो’ बाट कति लिन्छन् पारिश्रमिक ?

रंग नेपाल २०७९ चैत २ मा प्रकाशित

काठमाडौं । भारतीय चर्चित कमेडियन कपिल शर्मा सर्वाधिक महँगो कमेडियनमा पर्छन ।

कपिले शो बाट कति पारिश्रमिक लिन्छन् होला भन्ने जिज्ञासा सो सुकैमा पनि हुन सक्छ । कपिलले ‘द कपिल शर्मा शो’ बाट एक सिजनको करिब ५० करोड भारतीय रुपैयाँ पारिश्रमिक लिने गरेका छन् । हाल ‘द कपिल शर्मा शो’ को चौथो सिजन प्रसारण भइरहेको छ ।

यससँगै कपिल अहिले आफ्नो तेस्रो फिल्म ‘ज्विगाटो’ को प्रमोशनमा व्यस्त छन् । ‘द कपिल शर्मा शो’ को पहिलो सिजनमा उनले २० लाख भारतीय रुपैयाँ लिएका थिए भने दोस्रो सिजनमा एक एपिसोडको ३० लाख भारतीय रुपैयाँ लिएका थिए । उनले तेस्रो सिजनमा ८० एपिसोड सम्मको कुल ४८ करोड भारतीय रुपैयाँ लिएका थिए ।

धेरै पढिएका

पछिल्ला अपडेट