‘श्री शंकरलाल गोल्ड मेडल अवार्ड २०७९’ द्वारा सम्वत बस्नेत पुरस्कृत

रंग नेपाल २०७९ फागुन २९ मा प्रकाशित

काठमाडौं । जगदम्बा स्टील्स लिमिटेडले सम्वत बस्नेतलाई उनको शैक्षिक उत्कृष्टताको लागि प्रतिष्ठित ‘श्री शंकरलाल गोल्ड मेडल अवार्ड २०७९’ प्रदान गरेको छ ।

इन्जिनीयरिङ अध्ययन संस्थानको ५७औँ वार्षिक उत्सवको अवसरमा आज सोमबार थापाथली क्याम्पसमा आयोजित कार्यक्रममा बस्नेतलाई अवार्ड प्रदान गरिएको हो । उनले पदक, प्रमाणपत्र र नगद रू. ५१ हजार रुपैयाँ पाएका छन् ।

जगदम्बा स्टिल्स लिमिटेडले यस्ता कार्यक्रम र पुरस्कारहरुले विद्यार्थीलाई समाजमा अर्थपूर्ण योगदान गर्न प्रेरित गर्ने विश्वास लिएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट