‘एभ्रिथिङ एभ्रिह्वेयर’लाई सर्वश्रेष्ठ फिल्मसहित सात विधामा ओस्कार अवार्ड

रंग नेपाल २०७९ फागुन २९ मा प्रकाशित

काठमाडौं । यस वर्षको ९५औं ओस्कार अवार्डमा ‘एभ्रिथिङ एभ्रिह्वेयर अल एट वन्स’ सर्वोत्कृष्ट फिल्म घोषित भएको छ ।

नेपाली समयानुसार आज बिहान भएको ओस्कार अवार्ड समारोहमा कुल ११ विधामा नोमिनेसनमा परेको ‘एभ्रिथिङ एभ्रिह्वेयर अल एट वन्स’ ले मौलिक पटकथा र निर्देशकसहित सात विधामा अवार्ड जितेको हो ।

‘एभ्रिथिङ एभ्रिह्वेयर अल एट वन्स’बाट अभिनेत्री मिसेल योह ओस्कारमा सर्वश्रेष्ठ अभिनेत्री बन्ने दोस्रो गैरश्वेत तथा पहिलो एसियाली अभिनेत्री बनेकी छन् । यो चलचित्रबाट सर्वश्रेष्ठ फिल्म, सर्वश्रेष्ठ अभिनेत्रीको मात्रै नभएर अन्य पाँचवटा विधामा समेत अवार्ड जितेको छ ।

यही चलचित्रबाट सर्वश्रेष्ठ सहायक अभिनेत्री के ह्यु क्वान, सर्वश्रेष्ठ सहायक अभिनेता ब्रेन्डन ग्लेसन, सर्वश्रेष्ठ निर्देशक ड्यानियल क्वान, ड्यानियल शिनर्ट, सर्वश्रेष्ठ सम्पादन – पल रोजर्सले अवार्ड थापेका छन् । त्यस्तै यो चलचित्रले ओरिजिनल स्क्रिन प्लेको र सर्वश्रेष्ठ मौलिक पटकथाको अवार्ड पनि जितेको छ ।

त्यस्तै भारतीय चलचित्र आरआरआरको गीत नाटू नाटूले सर्वश्रेष्ठ मौलिक गीतको अवार्ड चुमेको छ । त्यस्तै भारतीय सर्टफिल्म – द एलिफेन्ट विह्स्पर्सले सर्वश्रेष्ठ डकुमेन्ट्री सर्ट फिल्मको अवार्ड चूमेको छ ।

त्यस्तै सर्वश्रेष्ठ अन्तर्राष्ट्रिय फिचर फिल्मको अवार्ड जर्मन फिचर फिल्म अल क्वाइट अन द वेस्टर्न फ्रन्ट ले जितेको छ ।

सर्वश्रेष्ठ मेकअप एण्ड हेयरस्टाइलिङ द ह्वेलले जित्दा, सर्वश्रेष्ठ डकुमेन्ट्री फिचर फिल्म नाभाल्नीले जितेको छ । त्यस्तै सर्वश्रेष्ठ एनिमेटेड फिचर फिल्म गुइलेमो डेल टोराको पिनोचियोले जितेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट