ओस्कार अवार्ड: ‘एभ्रिथिङ एभरिवेयर अल एट वन्स’ सर्वोत्कृष्ट फिल्म घोषित

रंग नेपाल २०७९ फागुन २९ मा प्रकाशित

एजेन्सी । यस वर्षको ओस्कार अवार्डमा ‘एभ्रिथिङ एभरिवेयर अल एट वन्स’ सर्वोत्कृष्ट फिल्म घोषित भएको छ ।

साेमबार बिहान भएको ओस्कार अवार्ड समारोहमा ७ वटा विधामा पुरस्कार हात पार्दै सोही फिल्म उत्कृष्ट फिल्म घोषित भएको हो । फिल्मले कथा, पटकथा र निर्देशकमा समेत उत्कृष्ट पुरस्कार जितेको छ । एक चिनियाँ–अमेरिकी लाउन्ड्री ब्यवसायीले उसको लेखा परीक्षकसँग गर्ने संघर्षको कथा वस्तुमा फिल्म बनेको हो । सोही फिल्मकी नायिका मिसेल योहले सर्वश्रेष्ठ अभिनेतृको पुुरस्का जितेकी छन् ।

उनी याे उपाधि जित्ने पहिलो एशियाली अभिनेतृ हुन् ।त्यस्तै सर्वश्रेष्ठ अभिनेताको पुरस्कार द ह्वेल फिल्का ब्रेन्डन फ्रेजरले जितेका छन् । एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्सका निर्देशक ड्यानियल क्वान र ड्यानियल शिनर्टले उत्कृष्ट निर्देशकको पुरस्कार जितेका छन् ।

त्यसैगरी दक्षिण भारतीय फिल्म आरआरआरको गीत नट्टू नट्टूले उत्कृष्ट मौलिक गीतको उपाधि जितेको छ । त्यस्तै भारतमै निर्मित द एलिफेन्ट विह्स्पर्सले सर्वश्रेष्ठ शर्ट डकुमेन्ट्री फिल्मको पुरस्कार जितेको छ । सर्वश्रेष्ठ अन्तर्राष्ट्रिय फिचर फिल्मको पुरस्कार जर्मन फिल्म अल क्वाइट अन द वेस्टर्न फ्रन्टले हात पारेको छ । सर्वश्रेष्ठ सहायक अभिनेतृको पुरस्कार पनि एभ्रिथिङ एभरिवेयर अल एट वन्सकै के ह्यु क्वानले जितेकी छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट