राजकुमार रावको फिल्म ‘भिड’को ट्रेलर सार्वजनिक

रंग नेपाल २०७९ फागुन २७ मा प्रकाशित

एजेन्सी । भारतीय अभिनेता राजकुमार राव र अभिनेत्री भूमि पेडनेकर अभिनित फिल्म ‘भिड’ को ट्रेलर सार्वजनिक भएको छ ।

निर्देशक अनुभव सिन्हाको निर्देशनमा बन्न लागेको उक्त फिल्ममा कोरोनाको समयमा भारतमा लकडाउनका बेला जनताले भोग्नुपरेको विभिन्न समस्यालाई देखाइनेछ । फिल्म मार्च २४, २०२३ मा रिलिज हुनेछ । फिल्मको ट्रेलरले कोरोनाको समयमा लकडाउनमा मानिसहरूले कसरी धेरै समस्याको सामना गर्नुपरेको देखाइएको छ। लकडाउनका क्रममा विभिन्न शहरमा अलपत्र परेका आप्रवासीले घर पुग्न निकै कठिनाइ भोग्नुपरेको थियो । सरकार, प्रशासन र स्वास्थ्य तहमा के–कस्ता कमजोरी रह्यो र कस्तो व्यवस्था गरियो भन्ने कुरा फिल्ममा देखाइनेछ ।

फिल्ममा राजकुमार र भूमिकोअलावा पंकज कपूर, दिया मिर्जा, आशुतोष राणा, कृतिका कामरा, वीरेन्द्र सक्सेना, आदित्य श्रीवास्तव जस्ता कलाकारहरू पनि महत्त्वपूर्ण भूमिकामा देखिनेछन् । निर्देशक सिन्हा समसामयिक विषयमा फिल्म बनाउनका लागि परिचित छन् । उनले यसअघि ‘मुल्क’ र ‘आर्टिकल १५’, ‘थप्पड’ जस्ता धेरै फिल्म निर्देशन गरिसकेका छन् ।

https://www.youtube.com/watch?v=H9auXrVEQSM&ab_channel=T-Series

धेरै पढिएका

पछिल्ला अपडेट