यी युवकसँग प्रेममा छिन् गायिका एलिना चौहान

रंग नेपाल २०७९ फागुन २६ मा प्रकाशित

काठमाडौं । गायिका एलिना चौहानको प्रेम सम्बन्ध सार्वजनिक भएको छ ।

सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलिया गएकी एलिनाको अष्ट्रेलियामै बसोबास गर्दै आएका युवकसँग प्रेम सम्बन्ध रहेको खुलेको हो ।

अष्ट्रेलिया पुगेलगत्तै एलिनाले प्रेमीसँगका टीकटक भिडियोहरु सार्वजनिक गरेकी हुन् । एलिनाका प्रेमी हुन् विष्णु सापकोटा । अष्ट्रेलियामा बसोबास गर्दै आएका विष्णुले केही नेपाली गीतहरु पनि गाएका छन् ।

उनी लोकदोहोरी प्रतिष्ठान अष्ट्रेलिया शाखाका अध्यक्षसमेत हुन् । एलिना र विष्णु करिब ६ महिनादेखि सम्बन्धमा रहेका बताइन्छ ।

एलिना र विष्णुले ‘बाजा तालमा’ बोलको गीत युगल गीतसमेत गाएका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट