निफको टिकट बुकिङ खुला, कसरी खरिद गर्ने ?

रंग नेपाल २०७९ फागुन २२ मा प्रकाशित

काठमाडौं । आगामी चैत २ देखि ६ गते अर्थात् मार्च १६ देखि २० सम्म आयोजना हुने छैटौं ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को टिकट बुकिङ खुला भएको छ ।

आजदेखि ‘खल्ती एप’ मार्फत टिकट बुकिङ गर्न सकिने निफका अध्यक्ष केपी पाठकले जानकारी दिए । उनका अनुसार काठमाडौंको सिटी सेन्टर र छायाँ सेन्टर, पुल्चोकको लविङ मल र भक्तपुरको राधेराधेस्थित भाटभटेनीमा रहेको हलमा प्रतिस्पर्धी चलचित्रहरूको प्रदर्शन गरिने छ ।

महोत्सवमा ३५ देशका ९५ प्रतियोगी चलचित्र प्रदर्शन हुने छन् भने ‘ओपनिङ फिल्म’को रुपमा कोरिन शर्मा निर्देशित चलचित्र ‘चरी’ (अप्रतियोगी) प्रदर्शन हुने छ । कार्यक्रमको उद्घाटन सिभिल मल सुन्धारामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट गरिने जानकारी पाठकले दिएका छन् । विगतमाझैं यस पटक पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा छोटा चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रहरु महोत्सवमा समावेश गरिएका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट