अभिनेत्री निशाद्वारा पति शरदविरूद्ध अंशबण्डाको माग गर्दै मुद्दा दायर

रंग नेपाल २०७९ फागुन २२ मा प्रकाशित

काठमाडौं । अभिनेत्री निशा अधिकारीले पति क्रिकेटर शरद भेषावकर विरूद्ध अंशबण्डाको माग गर्दै मुद्दा दायर गरेकी छन् ।

काठमाडौं जिल्ला अदालतको वेबसाइटमा उल्लेख भए अनुसार अधिकारीले गत भदौमा भेषावकरसँग अंशबण्डाको माग गर्दै मुद्दा दायर गरेकी हुन् । नाबालक छोरालाई समेत अंश बण्डाको उचित भाग लगाउनुपर्ने माग गर्दै अधिकारीले पति शरदविरुद्ध मुद्दा दायर गरेकी हुन् ।

अधिकारीले गत भदौ २८ गते अंश चलनको मुद्दा दायर गरेकी थिइन् । सोही मुद्दा दायर गरेकी अधिकारीले सम्बन्ध विच्छेदको मुद्दा भने दायर गरेकी छैनन् । लामो समय प्रेम सम्बन्धमा रहेका अधिकारी र भेषावकरको २०७४ सालमा बिहे भएको थियो । उनीहरूका एक छोरा छन्।

धेरै पढिएका

पछिल्ला अपडेट