अभिनेता अमिताभ बच्चन घाइते

रंग नेपाल २०७९ फागुन २२ मा प्रकाशित

एजेन्सी । बलिउडका मेगा स्टार अमिताभ बच्चन घाइते भएका छन् ।

हैदराबादमा ‘प्राजेक्ट के’ नामक फिल्मको सुटिङका क्रममा बच्चन घाइते भएका हुन् । बच्चन आफैंले सामाजिक सञ्जाल मार्फत फिल्ममा एक्सन सिन सुटिङका क्रममा घाइते भएको जानकारी गराएका छन् ।

आफ्नो दायाँ करङमा चोट लागेको र सुन्निएको भन्दै बच्चनले आफूलाई सास फेर्न समेत गाह्रो भएको बताएका छन् । हैदरावादमा उपचारपछि मुम्बइस्थित घरमा आएर आराम गरिरहेको र ठिक हुन समय लाग्ने समेत बताएका छन् ।

उनले ठिक नहुँदासम्मका लागि सबै खाले सुटिङ र भेटघाट बन्द गरेको समेत जानकारी गराएका छन् । ८० वर्षीय बच्चन भारतसहित विश्वभर सम्मानित अभिनेता हुन् ।

धेरै पढिएका

पछिल्ला अपडेट