करिष्माको उजुरीपछि पक्राउ परेका डिल्लीरामविरुद्ध मुद्दा दर्ता

रंग नेपाल २०७९ फागुन २१ मा प्रकाशित

काठमाडौं । युट्युब अन्तर्वार्तामा आफ्नो चरित्र हत्या गरेको भन्दै अभिनेत्री करिष्मा मानन्धरले उजुरी दिएपछि पक्राउ परेका डिल्लीराम खनालविरुद्ध मुद्दा दर्ता भएको छ ।

आइतबार खनालविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो । सरकारी वकिल कार्यालयले खनालसहित उनको अन्तर्वार्ता लिएर प्रशारण गर्ने न्यु अनलाइन टिभी नामको युट्युब च्यानलका सन्चालक गोकर्ण जोशीलाई पनि प्रतिवादी बनाएको छ ।

उनीहरुविरुद्ध एक लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय माग गरिएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट