होलीमा रेस्लिङ महाभिडन्त

रंग नेपाल २०७९ फागुन २१ मा प्रकाशित

काठमाडौं । होलीको अवसरमा महिला अन्तर्राष्ट्रिय रेस्लिङ महाभिडन्त हुने भएको भएको छ ।

सोमबार नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा हुन लागेको रेस्लिङ भक्तपुरको सल्लाहघारीमा हुनेछ ।

रेस्लिङमा नेपालसहित अमेरिका, पाकिस्तान र भारत गरी ४ राष्ट्रका रेस्लरको भिडन्त हुने आयोजक फाउन्डेसनकी अध्यक्ष भगवती खड्का (युनिका) ले जानकारी दिएकी छिन् ।

नेपालबाट भगवती खड्का, अस्मिता जुरेली, कुमार थापा (नेपाली ब्रो), हिक्मत थपलिया (स्कोरपियो), कृष्ण मगर (सिन्धुपाल्चोक टाइगर) मिस्टर यतिलगायतले प्रतिस्पर्धा गर्ने छन् ।

भारतबाट अमित दलाल, दिव्या आले र अभिराज सिंह, पाकिस्तानबाट कोभु ब्रान्डम, मोहम्मद बिलाल खान, तलहल अलि खान, अफ्रीदी मुहम्मद उसाम खान र मुस्ताफा अलि खान तथा अमेरिकबाट रिकार्डेज भिल्लानुभा (सादिका) रिङमा उत्रने छन् ।

भरत विसुराल (हिमालयन टाइगर) ले निर्णायकको भूमिका निर्वाह गर्ने छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट