चलचित्र पत्रकार संघको अध्यक्षमा समिर बलामी

रंग नेपाल २०७९ फागुन १८ मा प्रकाशित

काठमाडौं । चलचित्र पत्रकार संघको अध्यक्षमा समिर बलामी निर्वाचित भएका छन् ।

संघको बुधबार भएको नवौं महाधिवेशनले उनलाई अध्यक्षमा निर्वाचित गरेको हो । उनीसँगै चुनावी प्रतिष्पर्दामा चलचित्र पत्रकार राजन घिमिरे र बिष्णु सुवेदी थिए । पछि सुवेदीले उम्मेदवारी फिर्ता लिएका थिए । निर्वाचनमा बलामीले ८३ र घिमिरेले ६६ मत पाएका थिए ।

त्यस्तै, संघको उपाध्यक्षमा कुबेर गिरी, बिजय आवाज र सुरक्षा भट्टराई निर्वाचित भएका छन् । महासचिवमा रघुनाथ सापकोट निर्वाचित भएका छन् । संघको सचिवमा नविन गिरी, उद्धव रसाइली, कोषाध्यक्षमा मनिष कार्की, सहकोषाध्यक्षमा मनिष अन्जान चयन भएका छन् ।

त्यस्तै, सदस्यमा सुष्मा कार्की, मोहम्मद जालिम, कृष्ण पाण्डे, अनुप भट्टराई, निशा बजगाईँ, अर्जन गुरागाईँ, सिपी जैसी र सुरेन्द्र थापा चयन भएका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट