अभिनेता अमिताभ र धर्मेन्द्रको घरलाई बमले उडाउने धम्की

रंग नेपाल २०७९ फागुन १७ मा प्रकाशित

एजेन्सी । भारतीय चर्चित अभिनेताद्वय अमिताभ बच्चन र धर्मेन्द्रको घरलाई बमले उडाउने धम्की प्राप्त भएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार भारतको महाराष्ट्रको नागपुर प्रहरीलाई एक व्यक्तिले फोनबाट मुम्बईका चर्चित व्यक्तिहरूको घरमा बम विस्फोट हुन सक्ने जानकारी दिए । जसमा भारतका चर्चित अभिनेताद्वय अमिताभ र धर्मेन्द्र समावेश छन् ।

त्यस्तै, उक्त सूचिमा व्यापारी मुकेश अम्बानीको नाम समावेश छ । उक्त फोन आएपछि प्रहरीले तत्काल कारबाही सुरु गरेको छ । २५ जना हतियारधारी आतंकवादी मुम्बई पुगेको र यससँगै व्यापारी मुकेश, धर्मेन्द्र र अमिताभ बच्चनको घर बाहिर बम राखिएको फोन गर्ने व्यक्तिले बताए । त्यसपछि प्रहरीले बम डिस्पोजल टोलीसहित सबै ठाउँमा खोजी गरेको थियो ।

यसअघि पनि सन् २०२२ को अगस्टमा मुकेशको घरमा बम विस्फोट गर्ने फोन आएको थियो । योसँगै सरकारले अमिताभ, धर्मेन्द्र र मुकेशको सुरक्षामा पनि विशेष ध्यान दिने भएको छ । यद्यपि, अहिले कसैको घरमा बम नभेटिएको र सबै ठीक भएको समाचारमा उल्लेख गरिएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट