पल शाहले पाए सफाइ

रंग नेपाल २०७९ फागुन १४ मा प्रकाशित

काठमाडौं  । अभिनेता पल शाहले सफाइ पाएका छन् । उच्च अदालत पोखराका न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै शाहलाई सफाइ दिएको हो ।

पल बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका थिए । जिल्ला अदालत नवलपुरले शाहलाई नाबालिका बलात्कार आरोपमा सफाई दिँदै बाल यौन दुरुपयोगको आरोपमा भने साढे दुई वर्षको जेल सजाय सुनाएको थियो ।

शाहले नवलपुर जिल्ला अदालतको आदेशविरुद्व उच्च अदालतमा पुनरावेदन निवेदन दिएका थिए । पललाई तनहुँ जिल्ला अदालतले भने यसअघि नै सफाइ दिइसकेको छ । पल भोलि रिहा हुनेछन् ।

धेरै पढिएका

पछिल्ला अपडेट