सिसनसँगको ब्रेकअपपछि सम्भव सिरोहियाको प्रेममा श्रृंखला

रंग नेपाल २०७९ फागुन १४ मा प्रकाशित

काठमाडौं । केही समयअघि भ्लगर सिसन बानियाँसँग ब्रेकअप गरेकी पूर्वमिस नेपाल श्रृंखला खतिवडा सम्भव सिरोहियाको प्रेममा रहेको चर्चा सुरु भएको छ ।

चर्चाकैबीच श्रृंखला र सम्भवबीचको तस्वीर सार्वजनिक भएपछि चर्चालाई थप पुष्टि गरेको छ । सम्भव सिरोहियाको एक तस्बिरको पृष्ठभूमिमा श्रृंखला देखिएकी छन् । उक्त तस्वीर श्रृंखलाले खिचेको देखिन्छ । सम्भव कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाका छोरा हुन् । हाल सम्भव र श्रृंखला दुवै अमेरिकामा छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट