१० जना बडिगार्डले घेरिएर हिँड्छन् गायक मिक्का सिंह

रंग नेपाल २०७९ फागुन ११ मा प्रकाशित

काठमाडौं । केही दिनअघि चर्चित गायक सोनु निगममाथि मुम्बईमा हातपात भएको घटनापछि भारतीय कलाकारहरुले घटनाप्रति दु:ख व्यक्त गरिरहेका छन् ।

साथै कलाकारहरुले सुरक्षाको कुरालाई पनि उठाइरहेका छन् । यसैबीच चर्चित गायक मक्का सिंहले पनि यो घटनापछि प्रतिक्रिया दिएका छन् ।

सिंहले उक्त घटनाले दुस्खी र स्तब्ध बनाएको बताएका छन्। यस्तै घटनाबाट बच्न आफूले उत्तर भारतमा हुने कार्यक्रममा १० जना अंगरक्षक लिएर जाने गरेको पनि मक्काले बताएका छन् ।

‘गायक सोनु निगमविरुद्ध मुम्बईमा भएको हमलाको घटना निकै दुख:द छ। जब म उत्तर भारतमा शो गर्छु, यस्तै आकस्मिक घटनाबाट बच्न म कम्तीमा १० अंगरक्षक लिएर हिँड्छु। तर मुम्बईमा मसँग कुनै पनि अंगरक्षक छैनन् किनभने मलाई मुम्बई सबैभन्दा सुन्दर र सुरक्षित लाग्छ। यद्यपि सोनुविरुद्धको घटना मुम्बईमा भएको हो,’ उनले लेखेका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट