निफको सल्लाहकारमा अभिनेत्री नम्रता श्रेष्ठ मनोनित

रंग नेपाल २०७९ फागुन १० मा प्रकाशित

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को सल्लाहकारमा अभिनेत्री नम्रता श्रेष्ठ मनोनित भएकी छिन् ।

डेढ दशकदेखि नेपाली चलचित्र क्षेत्रमा आवद्व श्रेष्ठको चलचित्र छनौट क्षमता र अभिनय कला तारिफ योग्य रहेको भन्दै निफको सल्लाहकारको हैसियतमा पनि श्रेष्ठले सक्रियता देखाउने विश्वास लिइएको निफका अध्यक्ष केपी पाठकद्वारा जारी विज्ञप्तिमा बताइएको छ ।

आउँदो चैत २ देखि ६ गतेसम्म छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) अयोजना हुँदैछ । यस वर्ष ‘निफ’ मा छनौट भएर दोस्रो चरणमा आइपुगेका ३५ देशका ९५ डकुमेन्ट्री तथा एनिमेटेड चलचित्र मध्येबाट ७ विधामा १४ वटा पुरस्कार वितरण गरिने निफले जनाएको छ ।

निफमा एक दर्जन रचनात्मक कार्यक्रमसमेत आयोजना गरिने बताइएको छ ।

निफ’को प्रमुख सल्लाहकारमा अभिनेता तथा निर्देशक निर शाह रहेका छन् भने अभिनेता सुनिल थापा, निर्देशक छिरिङ रितार शेर्पा र भारतीय फिल्मका ख्यातिप्राप्त लेखक तथा समीक्षक प्रेमेन्द्र मजुमदार सल्लाहकारको रुपमा रहेका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट