धरान एक्स्पोको पहिलो दिन समिर श्रेष्ठको लाइभ प्रस्तुति रहने

रंग नेपाल २०७९ फागुन १० मा प्रकाशित

धरान । सुनसरी उद्योग वाणिज्य संघ, सुनसरीको आयोजनामा हुन लागेको धरान एक्स्पो २०७९ फागुन ११ गते बिहीबार बाट धरान रंगशालाको तल्लो मैदानमा आयोजना हुँदैछ ।

फागुन २० गते शनिबारसम्म १० दिन चल्ने धरान एक्स्पोमा व्यवसायीक, व्यापारिक, औद्योगिक, कुषि, पर्यटन, खेलकुद, शिक्षा, स्वास्थ्य, वित्तिय संस्था लगायतका क्षेत्रको विभिन्न स्टलहरु प्रमुख आकर्षण रहनेछ भने विभिन्न रमाइला खेलहरुसँगै हरेक दिन राष्ट्रिय स्तरका चर्चित कलाकारहरुको बेजोड प्रस्तुति हुने अध्यक्ष विजय श्रेष्ठले बताए ।

उद्घाटनको दिन साँझ अहिलेको युवापुस्ताका चर्चित गायक समिर श्रेष्ठको विशेष प्रस्तुति रहनेछ । श्रेष्ठको थाम न हात मेरो, हेरन, चार दिवार , टीकाजमरा , मायालु सुनन , कुरी बस्छौँ, आँशुले मुहार धुदैछु, बुझी देउ, मेरो मनमा, मनका कुरा, सम्झना छ लगायतका थुप्रै चर्चित गीतहरु युवाहरुमाझ निकै नै चर्चित रहेको छ । एक्लै प्रस्तुति दिँदै आएका गायक श्रेष्ठले यसपाली आफ्नो ब्याण्ड क्रिसेंट्सका ६ जना ब्याण्ड मेम्बरका साथ पहिलो पटक लाइभ प्रस्तुति दिनेछन् ।

एक्स्पोको दोस्रो दिन चर्चित गायक छेवाङ्ग लामाको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट