गायक निर्मल दाहालको ‘पागल’ सार्वजनिक

रंग नेपाल २०७९ फागुन ९ मा प्रकाशित

काठमाडौं । गायक निर्मल दाहालको ‘पागल’ बोलको गीत सार्वजनिक भएको छ । धीरज क्षेत्रीको शब्द तथा संगीत रहेको उक्त गीतमा पिगी प्रोडक्सनका प्रमोद परियारले संगीत संयोजन गरेका छन् ।

अमेरिकाका विभिन्न ठाउँमा छायांकन गरिएको गीतको भिडियोमा दी मन्डला डान्स स्टुडियोका कलाकारहरू सुरज श्रेष्ठ, सुस्मिता केसी, सुशान्त महर्जन, सेमाङ बोसलगायतको अभिनय रहेको छ । रविनविक्रम कार्की र पेम्बा मोक्तानले छायांकन गरेको उक्त भिडियोलाई लोकेन्द्र सुब्बाले सम्पादन गरेका हुन् ।

गीतको निर्देशन सुरज श्रेष्ठले गरेका हुन् । यसअघि ‘जब घाम ढल्छ’ र ‘अचेल’ बोलको गीतको भिडियो निकालिसकेका निर्मल दाहालले आफ्नै युट्युबमार्फत उक्त गीतको भिडियो सार्वजनिक गरेका हुन् ।

धेरै पढिएका

पछिल्ला अपडेट