निखिल, सरिता, कृष्ण र कल्पितलाई प्रशंसा पदक

रंग नेपाल २०७९ फागुन ७ मा प्रकाशित

काठमाडौं । सेना दिवसका अवसरमा सेनाले नायक निखिल उप्रेती लगायतलाई प्रशंसा पदकले सम्मान गरेको छ ।

No description available.

शनिबार महाशिवरात्रि तथा २६०औँ सेना दिवसका अवसरमा सैनीक मञ्च टुडिँखेलमा आयोजित विशेष कार्यक्रममा प्रधानसेनापतिले नायक उप्रेती, नायिका सरिता लामिछाने, कलाकार कृष्ण कँडेल र छाँयाकार तथा डकुमेन्ट्रि मेकर विष्णु घिमिरे कल्पितलाई प्रधानसेनापति प्रशंसा पदक प्रदान गरेका हुन् ।

प्रधानसेनापति प्रभुराम शर्माले, समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएकोमा उनीहरुलाई प्रधानसेनापति प्रशंसा पदक प्रदान गरेका हुन् ।

धेरै पढिएका

पछिल्ला अपडेट