राष्ट्रपति भण्डारीको सवारीमा देखियो फरक दृश्य

रंग नेपाल २०७९ फागुन ६ मा प्रकाशित

काठमाडौं । सेनाले राष्ट्रपति विद्यादेवी भण्डारीको सावरी कार्केटमा प्रयोग गर्दै आएको रिसल्ला(अश्वसेना) यस पटकबाट हटाएको छ । विशिष्ठ व्यक्ति सुरक्षा कार्यविधि परिमार्जन गरिएसँगै सेनाले कार्केटमा प्रयोग गर्दै आएको सिरल्ला हटाएको हो ।

टुँडिखेलस्थित सैनिक मञ्चमा आयोजित २ सय ६०औँ सेना दिवसमा राष्ट्रपति भण्डारी प्रमुख अतिथितका रुपमा शनिबार सहभागि भएकी थिइन् । दिवसमा सहभागि उनको सवारी सेनाले रिसल्ला बिना नै चलाएको छ । परिमार्जित कार्यविधिपछि राष्ट्रपति भण्डारीलाई मोटरसाइकर र गाडीको मात्रै कार्केट प्रयोग गरि सैनिक मञ्च प्रवेशद्ववारसम्म ल्याइएको छ । मञ्च परिसर प्रवेशपछि भने, रिसल्ला प्रयोग गरिएको छ । विगतका दिवसमा सेनाले राष्ट्रपतिको सवारीमा सितल निवासबाटै रिसल्ला प्रयोग गर्दैै आएको थियो ।

विशेषगरी, सेना दिवसको अवसरमा टुँडिखेलमा हुने कार्यक्रममा राष्ट्रपतिको सवारीका बेला कार्केटको सबैभन्दा अगाडि र पछाडि रिसल्ला प्रयोग हुँदै आएको थियो । तर, यस पटक रिसल्ला हटाएर कार्केटमा गाडी र मोटरसाइकको मात्रै प्रयोग गरिएको छ ।

सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले राष्ट्रपतिको सवारीमा रिसल्ला हटाइएको बताए । उनले भने,‘राष्ट्रपतिको सवारीमा रिसल्लाको प्रयोग तत्कालका लागि हटाइएको छ । गृहमन्त्रालयले विशिष्ठ व्यक्ति सुरक्षा कार्यविधिमा केही परिमार्जन गरेको छ । सोही कारण रिसल्ला हटाइएको हो । त्यसो हुँदा मोटरसाइक र गाडीमा मात्रै राष्ट्रपतिको सवारी चलाइएको छ । बिगतका दिनमा यस्ता सवारीमा रिसल्ला प्रयोग हुँदै आएका थिए ।’

रिसल्लाका कारण सवारी ढिला हुने, सडकमा घण्टौं ट्राफिक जाम हुने र सर्वसाधरणले सास्ति भोग्नु पर्ने अवस्था आएको कारण देखाउँदै गृहमन्त्रालयले साता दिनअघि मात्रै बिशिष्ट व्यक्ति सुरक्षा कार्यविधि– ०७७ परिमार्जन गरेको थियो। सेनाले राष्ट्रपतिको सवारीबाट रिसल्ला हटाएको कार्यविधि परिमार्जनपछि पहिलो औपचारिक कार्यक्रम हो ।

यसअघि, राष्ट्रपति भण्डारी औपचारिक सम्वोधनका लागि सांसद भवन जाँदा रिसल्लाको प्रयोग गरिएको थियो । जसकारण सडक घण्टौं जाम भएको थियो । सुरक्षा प्रवन्ध मिलाउने क्रममा प्रहरीले राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक डा. जनिथलाल सिंह गत २७ माघमा कुटिएका थिए । चिकित्सकबाट व्यापक विरोध भएपछि प्रहरीले कुटपिटमा संलग्न वरिष्ठ हवल्दार शुभजंग गुरुङ कारबाहीमा परेका थिए । घटनालाई लिएर चौतर्फी बिरोध भएको थियो । त्यसलगतै, गृह विशिष्ठ व्यक्ति सुरक्षा कार्यविधि परिमार्जनमा लागेको थियो । बैठकपछि गृह, राष्ट्रपतिको सवारीमा प्रयोग हुँदै आएको रिसल्ला हटाउने निर्णयमा पुगेको थियो ।

सेना दिवस र यसको इतिहास

विधानतः राष्ट्रपति सेनाको परमाधिपति हुन् । सैनिक दिवसमा राष्ट्रप्रमुख प्रमुख अतिथिको रुपमा सहभागि हुने परम्परा छ । दिवसका बेला सेनाले बिभिन्न शस्त्राभ्यास(परेड) देखाउने चलन छ । यसक्रममा सेनाले युद्धाभ्यास, हतियार प्रदर्शन लगायतका सैनिक कौशल पनि प्रदर्शन गर्ने गर्छ । भारतीय सेनाको गोर्खा रेजिमेन्ट र बेलायत आर्मीको टोलीद्वारा व्याण्ड प्रस्तुति हुनेछ ।

सेनाको संस्थापक पृथ्वीनारायण शाहलाई मानिँदै आइएको छ । उनले वि.सं. १८१९ मा सैनिक संगठनको स्थापना गरेका थिए । संयुक्त राष्ट्र संघको आह्वानमा सेना सन् १९५८ देखि शान्ति स्थापनार्थ विश्वका विभिन्न द्धन्द्धग्रस्त मुलुकमा खटिँदै आएको छ । हालसम्म द्धन्द्धग्रस्त मुलुकका ४४ मिशनमा सहभागि भइसकेको छ । जसमा एक लाख ४४ हजार नौ सय ६९ सैनिक सहभागि भइसकेका छन् ।

शान्ति स्थापनार्थ खटिने क्रममा ७२ सैनिक सहिद भएका छन् । शान्ति मिसनमा सैनिक पठाउने नेपाल अहिले विश्वकै दोस्रो बरियतामा छ । हाल विश्वका बिभिन्न द्धन्द्धग्रस्त १३ स्थानमा ६ हजार ५९ नेपाली सुरक्षाकर्मी परिचालित छन् । राष्ट्रसंघमा अब १० हजार शान्ति सैनिक पठाउन सक्ने नेपालले प्रतिबद्धता जाहेर गरिसकेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट