सलमान र शाहरुखलाई मुख्य भूमिकामा लिएर फिल्म बन्ने

रंग नेपाल २०७९ फागुन ५ मा प्रकाशित

एजेन्सी । भारतीय अभिनेता सलमान खान र शाहरुख खानलाई मुख्य भूमिकामा लिएर फिल्म बन्ने भएको छ ।

हालै सलमान र शाहरुख फिल्म ‘पठान’ मा सँगै देखिएका थिए । यो फिल्ममा सलमानको सानो तर, दमदार भूमिका थियो । सलमानले यस फिल्मका क्यामियो भूमिकामा काम गरेका थिए ।

सलमानको आगामी फिल्म ‘टाइगर ३’ मा शाहरुख पनि देखिनेछन् । यस फिल्ममा शाहरुखको क्यामियो भूमिका हुनेछ । फिल्म मा १० नोभेम्बर रिलिज हुनेछ ।

भारतीय सञ्चार माध्यमका अनुसार यस राज फिल्मसले सलमान र शाहरुखलाई लिएर फिल्म बनाउने भएको छ हो। यसपटक दुवै जना फिल्ममा मुख्य भूमिकामा देखिनेछन् । फिल्मको मूल कथा भने फाइनल भइसकेको छ । यस फिल्ममा दुवै एकअर्काको विरुद्धमा देखिनेछन् । हाल शाहरुख र सामलानको यो फिल्मको नाम र रिलिज मितिबारे कुनै जानकारी दिइएको छैन ।

धेरै पढिएका

पछिल्ला अपडेट