विवाह गर्दै अभिनेत्री सुरक्षा पन्त, को हुन् सुरक्षाका हुनेवाला श्रीमान ?

रंग नेपाल २०७९ फागुन ५ मा प्रकाशित

काठमाडौं । अभिनेत्री सुरक्षा पन्त विवाह बन्धनमा बाँधिदैं छिन् । केही वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न फागुन २५ गते अभिनेता मानव सुवेदीसंग विवाह गर्ने भएकी छन् ।

विवाह समारोहमा परिवार र निकट आफन्तलाई मात्र बोलाएर परम्पराअनुसार विवाह गर्ने तयारी रहेको छ । नेपालका केही भागमा छायांकन गरिएको फ्रेन्च फिल्म ‘द एट माउन्टेन्स’ को प्रिमियरमा सहभागी हुन् उनी फ्रान्स पुगेकी थिईन् ।

कान्स फिल्म फेस्टिवलमा सहभागी पन्तले नेपालबाटै कान्स रेड कार्पेटमा वाक गर्ने पहिलो कलाकार समेत बनेकी थिईन् ।

धेरै पढिएका

पछिल्ला अपडेट