डा. गैह्रेको ‘एक्लै-एक्लै जीवनसँग लड्न कहाँ सक्थें’ सार्वजनिक

रंग नेपाल २०७९ फागुन ३ मा प्रकाशित

काठमाडौं । ‘एक्लै-एक्लै जीवन संग लड्न कहाँ सक्थें’ भन्ने गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ। डा योगेन्द्र गैह्रेले परदेशको सघंर्ष र जीवनकथा बोल्ने गीति एल्बम ‘एक्लै एक्लै जीवनसँग’ को पहिलो म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।

उक्त गीतको म्यूजिक भिडियो लन्डनमा आइतबार आयोजित पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको छ । नेपालको पुर्खौली घर स्याङ्जाका डा. गैह्रेले आफूले भोगेको जीवनलाई ह्रदय छुने म्यूजिक भिडियोमा उतारेका छन्।

बेलायतको साउथ ह्यान्टममा सपरिवार बस्दै आएका गैह्रेले गीतमा आफैँले स्वर दिएका छन् । त्यस्तै सम्वाद पनि डा गैह्रेकै रहेको छ भने गीतलाई करुण थापाले सिर्जना गरेका हुन् । उक्त गीतमा न्ह्यू बज्राचार्यको सँगीत रहेको छ भने प्रोडक्सन थ्रीका राजदीप राईले सम्पादन र छायाँकन तथा भिडियोलाई प्राविधक सहयोग, फोटो र भिडियो पत्रकार एज्रा श्रेष्ठले गरेका छन् । सुरेश श्रेष्ठले भिडियोलाई संयोजन गरेका छन् ।

गीतको निर्माताको रुपमा डा. गैह्रेकै श्रीमती ज्योति श्रेष्ठ गैह्रे रहेकी छन् भने कथा समन्वय र निर्देशन स्वयम् डा योगेन्द्र गैह्रेको नै रहेको छ । भिडियोमा डा. गैह्रेकै आफ्ना दुई छोराको अभिनय रहेको छ । म्यूजिक भिडियोले प्रवासमा रहेर नेपालीहरुले पनि परिवारसँग कसरी जीवन व्यतित गर्छन् भन्ने वास्तविकता बोलेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट