कलाकार पवन खतिवडा ‘म्याकुरी’ पक्राउ

रंग नेपाल २०७९ फागुन ३ मा प्रकाशित

काठमाडौं । कलाकार पवन खतिवडा ‘म्याकुरी’ पक्राउ परेका छन् ।  मादक पदार्थ पिएर झगडा गरेको आरोपमा उनी मोरङको बेलबारीबाट पक्राउ परेका हुन् ।

कलाकार खतिवडासहित २ जनालाई मादक पदार्थ पिएर झगडा गरेको आरोपमा ईलाका प्रहरी कार्यलय बेलबारीले पक्राउ गरेको हो ।

मंगलबार राति बेलबारी नगरपालिका-१ स्थित होटलमा मादक पदार्थ पिएका खतिवडाले मादक पदार्थले मातेका बेलबारी-४ का एक युवालाई कुटपिटका क्रममा टाउको फुटाइदिएको प्रहरीले जनाएको छ ।

होटलबाट बाहिर निस्किएर झगडा गरिरहेको खबर स्थानीयले प्रहरीलाई गरेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको बताइएको छ ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट