‘शितल शितल’ मा मलिका र प्रिन्स

रंग नेपाल २०७९ फागुन ३ मा प्रकाशित

काठमाडौं । गीतकार रोहित घिमिरेको नयाँ गीत शितल शितलको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा एक युगल जोडिको प्रेम र विरहको भावनालाई गीतकार घिमिरेले शब्दमा बुनेका छन् ।

एक दशकदेखि गीत लेखन गर्दै आएका गीतकार घिमिरेको यो गीतमा संगीत सिएल शर्माले दिएका छन् भने स्वर गायिका अस्मिता अधिकारी र गायक रवि शर्माको छ ।

गीतको मिक्सिगं,मास्टरिगं र एरेन्ज पुष्कर खत्रीले गरेका हुन् । केशवराज भट्टको निर्देशनमा तयार भिडियोले मनाङ र मुस्ताङका राजकुमार र राजकुमारीको पुर्नजन्मको कथालाई भिडियो मार्फत देखाउन खोजेका छन् । गीतमा नायिका तथा मोडल मलिका महत र प्रिन्स चौहानको अभिनय देख्न सकिन्छ ।

भिडियोमा बुद्ध थापाको छायांकन तथा दिलशन शाहको सम्पादन रहेको छ । गीतकार घिमिरेका यसअघि सान्बाबु, सँगै जिउने मर्ने कसम, तिमी पनि, मेरो फोटो लगायत ३ दर्जन बढी गीत बजारमा आइसकेका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट