टेलिश्रृङ्खला ‘सेतो घर’ र ‘उडेकी चरी’ गीत सार्वजनिक

रंग नेपाल २०७९ फागुन १ मा प्रकाशित

काठमाडौं । डीआर सुजनको ‘सेतो घर’ टेलिश्रृङ्खला र ‘उडेकी चरी’ गीति एल्बम सार्वजनिक भएको छ । सामाजिक यथार्थमा आधारित भएर बनेको सेतो घर टेलिश्रृङ्खलालाई डीआर सुजन फिल्मस्ले निर्माण गरेको हो ।

टेलिश्रृङ्खलामा विगत लामो समयदेखि नेपाली कलाकारिता श्रेत्रमा कार्यरत लक्ष्मण बस्नेत, देशभक्त खनाल, विद्या कार्कीलगायत कलाकारको अभिनय छ ।

‘सेतो घर’ टेलिश्रृङ्खला हरेक हप्ताको सोमबार बेलुकी ७:१५ बजे डीआर सुजन फिल्मस्को आफिसियल युट्युब च्यानलमार्फत प्रशारण हुनेछ । टेलिश्रृङ्खलाको पहिलो भाग भोलि (फागुन १ गते) सार्वजनिक हुने बताइएको छ ।

त्यसैगरी, ‘उडेकी चरी’ गीतमा सुदूरपश्चिम प्रदेशका बादी समुदायका पीडालाई समेटिएको बताइएको छ । गीत देवी घर्तीको आवाजमा रहेको छ । स्मृति शाही र पुष्पा बोहोराले गायिका घर्तीलाई साथ दिएका छन् ।

गीतको म्युजिक भिडियोमा रोशनी कार्की, डीआर सुजन, सूर्य ओली, प्रिय पोखरेल, अर्जुन कार्की, नन्दाराम बादीलगायतको अभिनय छ ।

धेरै पढिएका

पछिल्ला अपडेट