‘भ्यालेन्टाइन-डे’ लक्षित देवेशको ‘नौलो खुसी’ सार्वजनिक (भिडियो सहित)

रंग नेपाल २०७९ माघ २८ मा प्रकाशित

काठमाडौ । प्रणय दिवस, ‘भ्यालेन्टाइन डे’ नजिकिँदै गर्दा प्रेमिल गीतहरु पनि सार्वजनिक हुने क्रम बढ्दो छ ।

यसैबीच गायक, संगीतकार तथा एरेञ्जर देवेश राईको ‘नौलो खुसी’ बोलको गीत सार्वजनिक भएको छ । कवि तथा गीतकार प्रकाश आङ्देम्बेको शब्द रहेको गीतमा देवेशको संगीत, स्वर तथा एरेञ्ज रहेको छ ।

गीत देबेश ससिका युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ । गायिका शसिका राईको निर्देशन रहेको म्युजिक भिडियो पनि तारिफ योग्य बनेको छ । गीतकार प्रकाशको प्रेमिल शब्द अनुसारको म्युजिक भिडियो बनेको छ ।

यस म्युजिक भिडियोमा देवेश र आयशा कार्कीको अभिनय रहेको छ । म्युजिक भिडियोमा शसिकाले देवेश र आयशाको जोडीलाई जमाउन सफल भएकी छिन् । म्युजिक भिडियोमा इशक जबेगुको छायांकन तथा सम्पादन रहेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट