सुगम पोखरेलको नयाँ गीत ‘किन हुँदैन’ सार्वजनिक

रंग नेपाल २०७९ माघ २७ मा प्रकाशित

काठमाडौं । गायक सुगम पोखरेलको नयाँ गीत ‘किन हुँदैन’ सार्वजनिक भएको छ ।

साहस शाक्यको सङ्गीत र सङ्गीत संयोजन रहेको गीतमा सुगमलाई गायिका सङ्गीता प्रधानले साथ दिएकी छिन् ।

गीतमा चन्द्र प्रसाईं ‘परिस्कृत’को शब्द छ । गीतमा राष्ट्रिय भाव छ । गीतको सन्देश स्वदेश वा विदेश जहाँबाट पनि नेपालको हितमा काम गर्न सकिन्छ भन्ने हो । गीतमा गीतकार परिष्कृतले नेपाललाई माया ग¥यो भने देशमै सबै सम्भव भएको भावना व्यक्त गरेका छन् । देश सफल र सबल हुनका लागि एकतामा अडेको दिगो विकास आवश्यक रहेको गीतमा उल्लेख छ ।

गीतको आलाप आरसी रिमालले गाएका छन् भने कोरसमा साहस शाक्य, आरसी रिमाल र सौगात खनालले साथ दिएका छन् । गीतको भिडियोमा गायक सुगम पोखरेल, ल्याङ्ग्री दादा, सीता सुवेदीको अभिनय छ । सुरेन्द्र बसेलको निर्देशन रहेको भिडियोमा दिनेश पराजुलीको छायाङ्कन दिनेश पराजुली र नवीन निरौलाको सम्पादन छ ।  भिडियोको प्रोडक्सन हेड सरोज पोखरेल हुन् भने निर्माता तेजी प्रसाईं छिन् ।

धेरै पढिएका

पछिल्ला अपडेट