‘आँखा झिमीझिमी’ बोलको गीत सार्वजनिक

रंग नेपाल २०७९ माघ २७ मा प्रकाशित

काठमाडौं । गायक बिदन कालीकोटेको ‘आँखा झिमीझिमी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायिका मिलन नेवार र गायक कालीकोटेको स्वर रहेको गीतमा युवाहरूमाझ लोकप्रिय गीतकार तथा संगीतकार राजनराज शिवाकोटीको शब्द संगीत रहेको छ ।

जानेर वा नजानेर बैंशालु उमेरमा प्रेममा परेको एक प्रेमील जोडीको रोमान्टिक प्रेम कहानीलाई निर्देशक प्रकाश धितालले कलात्मक शैलीमा भिडियोमा देखाएका छन् । भिडियोमा कमल सिंह र बिना राउत गज्जबसँग खुलेका छन् ।

सन्तोष राजवाहकको कोरियोग्राफी रहेको भिडियोको छायांकन उत्सव दाहालले गरेका हुन् भने सम्पादन विकाश दाहालले गरेका हुन् ।

गायक कालिकोटेका यसअघि धरो धर्म, हाम्रो त घर हो कालीखोला, मेरी माया नेपालमा छिन्, तिम्ले जे सुकै भने पनि, झरी जाने फूललाईलगायत गीतहरु चर्चित छन् ।

गायक कालिकोटेको अचार मिठो साँधेको बोलको पूर्वेली भाकाको गीतको भिडियो छायांकन हुने तयारीमा रहेको छ । जसमा गायिका सुनिता थेग्मे र गायक कालिकोटेको स्वर रहेको छ ।

सार्वजनिक गीतको भिडियो गायक बिदन कालीकोटे स्यवमकै अफिसियल च्यानलबाट बजारमा आएको हो ।

धेरै पढिएका

पछिल्ला अपडेट