वैवाहिक बन्धनमा बाँधिए सिद्धार्थ र कियारा

रंग नेपाल २०७९ माघ २५ मा प्रकाशित

काठमाडौं । बलिवुडको चर्चित जोडी सिद्धार्थ मल्होत्रा ​​र कियारा आडवाणी विवाह बन्धनमा बाधिएका छन् ।

पछिल्ला केहि बर्षदेखि प्रेम सम्बन्धमा रहेका सिद्धार्थ र कियाराले मंगलबार राजस्थानको जैसलमेरको सूर्यगढ प्यालेसमा विवाह गरेका हुन् । फेब्रुअरी ४ देखि शुरु भएको विवाह संस्कार मंगलबार राति सकिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

May be an image of 2 people, people standing and outdoors

सिद्धार्थ र कियाराको विवाहमा कैयौं बलिवुड सेलिब्रेटी सामेल भएका थिए । जसमा मनीष मलहोत्रा, करण जोहर, शाहिद कपुर, जुही चावला,लगायतका सेलिब्रेटीहरु सामेल भएका थिए ।

सिद्धार्थ ​​र कियाराको प्रेमकथा २०२१ मा फिल्म ‘शेर शाह’ मा सँगै काम गरेपछि सुरु भएको थियो । फिल्मको सुटिङका ​​क्रममा दुवै नजिक आए र पछि डेटिङ गर्न थाले । शेर शाहमा दुवैको केमेस्ट्री निकै रुचाइएको थियो । यो फिल्म अमेजन प्राइममा रिलिज भएको थियो ।

धेरै पढिएका

पछिल्ला अपडेट