हेटौंडा आइडलको उपाधि दिपेश श्रेष्ठलाई

रंग नेपाल २०७९ माघ २४ मा प्रकाशित

हेटौंडा । मकवानपुरको हेटौंडा-१० टिसिएसन चौरमा सम्पन्न १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा भएको हेटौंडा आइडल गायन प्रतियोगितामा फाइनलमा पुगेका पाँच जना प्रतिस्पर्धी लाई उछिन्दै दीपेश श्रेष्ठले उपाधि हात पारेका छन् ।

आइतबार भएको ग्राण्ड फाइनलका आफ्नो गायन प्रस्तुती दिदैं उनले हेटौंडा आइडलको उपाधि प्राप्त गरेका हुन् । आइडलको फष्ट रनरफ सुसन शाही ठकुरी भएका छन् भने सेकेन्ड रनरफ प्रेमलाल बैठा भएका छन् । उनीहरुले निर्णायकको मुल्याकंन, टिकट र एसएमएसबाट प्राप्त भएको भोटिङको आधारमा विजेता बनेका हुन् ।

प्रतियोगितामा अनिता मोक्तानले चौथो स्थान र सुस्मिता श्रेष्ठ पाँचौ स्थान हासिल गरेका छन् । आइडल बनेका दीपेश श्रेष्ठले नगद ३० हजार, ट्रफी सहित विभिन्न आकर्षक पुरस्कारहरु प्राप्त गरेका छन्, । त्यस्तै, सुसन शाही ठकुरीले २० हजार नगद, टफी सहित विभिन्न आकर्षण पुरस्कारहरु प्राप्त गरेका छन् भने प्रेमलाल बैठाले नगद १० हजार सहित ट्रफी विभिन्न आकर्षक पुरस्कारहरु प्राप्त गरेका छन् । आइडलको निर्णायकमा विजय कार्की, ईश्वर खड्का र कृष्ण गोपाल सिंह रहेका थिए । आइडलमा २० जना प्रतिस्पर्धीले प्रतिपर्धा गरेका थिए ।

धेरै पढिएका

पछिल्ला अपडेट