‘तिम्रै हुनेछु’ सार्वजनिक

रंग नेपाल २०७९ माघ २३ मा प्रकाशित

काठमाडौं । भ्वाइस अफ नेपाल सिजन ४ का प्रतियोगी गायक मिङसोहाङ लिम्बूले आफ्नो पहिलो डेब्यु म्युजिक भिडियो ‘तिम्रै हुनेछु’ सार्वजनिक गरेका छन् ।

प्रेमिल शैलीको गीतमा गायक लिम्बूलाई गायिका ममता गुरुङले स्वरमा साथ दिएकी छन् । गीतकार डीपी खनालले लेखेको गीतको म्युजिक भिडियोमा अभिषेक श्रेष्ठ र विमला लिम्बूबीचको प्रेम कथालाई प्रस्तुत गरिएको छ।

बुद्ध थापाले छायाङ्कन गरेको भिडियोलाई दिन्शन शाहले सम्पादन गरेका हुन् । दीपक तुम्बापो निर्माता रहेको भिडियोलाई केशवराज भाटको निर्देशनमा तयार पारिएको हो । भिडियो ‘डि मिङ्सो म्युजिक’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट