‘पठान’ ले पहिलो दिनमै तोड्यो बलिउडको रेकर्ड

रंग नेपाल २०७९ माघ १२ मा प्रकाशित

काठमाडौं । बुधबारबाट प्रदर्शनमा आएको बलिउड चलचित्र पठानले बलिउडको रेकर्ड नै तोडेको छ ।

रिलिजको पहिलो दिनमै सर्वाधिक कमाई गरेर पठानले बलिउडको हालसम्मकै रेकर्ड तोडेको हो । शाहरुख खान स्टाटर पठानले पहिलो दिनमै ५७ करोड कमाइ गरेको छ ।

जसमध्ये ५५ करोड हिन्दी संस्करणबाट र बाँकी २ करोड तमिल, तेलेगु लगायतका संस्करणबाट कमाइ गरेको हो । यसअघि वार, ठग्स अफ हिन्दुस्तान पहिलो दिनमै सर्वाधिक कमाई गर्ने चलचित्र बनेका थिए ।

ऋतिक रोशन स्टारर वारले पहिलो दिनमा ५३.३ करोड कमाएको थियो भने आमिर खानको ठग्स अफ हिन्दुस्तानले ५२ करोड कमाइ गरेको थियो ।

धेरै पढिएका

पछिल्ला अपडेट