धिरेन शाक्य अभिनित ‘छैन केही डर’ सार्वजनिक

रंग नेपाल २०७९ माघ १२ मा प्रकाशित

काठमडौं । गायक विषम आचार्यको स्वरमा रहेको गीत ‘छैन केही डर’को भिडियो सार्वजनिक भएको छ । गीतमा मुकुन्द पौडेलको शब्द, जोसेफ शाही ठकुरीको सङ्गीत र विषमकै एरेन्ज छ ।

भिडियोमा अभिनेता धिरेन शाक्य, अनिता केसी, नुशा खातुन, भद्रजङ्ग कुँवर, रामलक्ष्मण विष्ट र दुर्गाचन्द ठकुरी, उमङ्ग हुमागाइँ र उत्कर्ष हुमागाइँ फिचर्ड छन् ।

गौरव गिरी निर्देशित भिडियोमा सामाजिक कामले एउटा बस्तीको प्रतिनिधित्व गर्दै शहर हिँडेको श्रीमान हराएपछि परिवारमा उनको श्रीमती र छोरामा पर्ने प्रभाव र त्यसले घर नै छोड्न बाध्य पार्ने परि स्थितिलाई देखाइएको छ ।

भिडियोमा भद्रजङ्ग कुँवरको सम्पादन, उत्तम हुमागाइँको छायाङ्कन, श्याम कुँवरको रङ्ग संयोजन र आर कुमारको निर्माण छ ।

धेरै पढिएका

पछिल्ला अपडेट