‘ख्याल ठट्टा’ म्युजिक भिडियो सार्वजनिक

रंग नेपाल २०७९ माघ ६ मा प्रकाशित

काठमाडौं । गीतकार सुधा मरहट्टाको शब्दमा रहेको सन्देशमुलक गीत ‘ख्याल ठट्टा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा स्वर गायक राजेश पायल राईको छ भने संगीतकार शंकर थापा ‘स्माइल’ ले संगीत दिएका छन् । गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका छन् ।

म्युजिक भिडियोमा हाँस्य कलाकार किरण केसी, मोडल कमल सिंह, अस्मिता जुरेली र रोहन श्रेष्ठको अभिनय रहेको छ । दीपक गिरीले छायांकन गरेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् ।

प्रख्यात घिमिरेले भिडियोमा कोरियोग्राफी गरेका छन् । गीतको भिडियो सशान कँडेलको निर्देशनमा तयार पारिएको हो ।

धेरै पढिएका

पछिल्ला अपडेट