बलिउड महानायक बच्चनले मेस्सी र रोनाल्डोलाई भेटे

रंग नेपाल २०७९ माघ ६ मा प्रकाशित

काठमाडौं । बलिउड महानायक अमिताब बच्चनले फुटबल स्टार लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई भेटेका छन् ।

गएराती साउदी अरबको रियादस्थित किङ्ग फाहद रंगशाला बच्चनले स्टार खेलाडी मेस्सी र रोनाल्डोलाई भेटेका हुन् ।

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) र साउदी अल स्टार्स-११ बीच भएको मैत्रीपूर्ण खेलमा बच्चनले मेस्सी, रोनाल्डो, नेयमार र केलियन एम्बाप्पेसँग हात मिलाए ।

बच्चनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘रियादमा एक साँझ.. वहा ! कस्तो साँझ थियो क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी, एमबाप्पे, सर्जियो रामोस र नेयमार सबै सँगै खेलिरहेका थिए र मलाई अतिथिको रूपमा खेलको उद्घाटन गर्न आमन्त्रित गरिएको थियो ।  पिएसजी भर्सेस रियाद सिजन… यो अविश्वसनीय थियो ।’

धेरै पढिएका

पछिल्ला अपडेट