राष्ट्रपति पद मेरो लागि होइन: डा. सन्दुक रुइत

रंग नेपाल २०७९ माघ ४ मा प्रकाशित

काठमाडौं । वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतले राष्ट्रपति पद आफ्नो लागि नभएको बताएका छन् ।

बुधबार पत्रकार सम्मेलन गर्दै डा रुइतले राष्ट्रपतिका लागि कतिपयले आफ्नो नाम पनि लिएको भन्दै डा. रुइतले राष्ट्रपति पद आफ्नो लागि नभएको बताएका हुन् । ‘यो मेरो लागि होइन । मैले आफ्नो सीमा र स्थान राम्रोसँग बुझेको छु । यही कारण म अगाडि आएको हो । मैले सक्ने जति गर्ने हो, सक्ने भन्दा अरु काम गर्दिनँ । लोकतन्त्रमा राष्ट्रपतिको क्रेडेन्सियल र क्रेडिबिलिटी निकै ठूलो हुन्छ, चाहे रबरस्टाम्प नै किन नहोस् । हामी सबै मिलेर राष्ट्रपतिको गरिमा बढाउनुपर्ने छ, उनले भने ।’

अहिले सामाजिक सञ्जालमा विभिन्न व्यक्तिहरुले डा. रुइतलाई राष्ट्रपति बनाउनुपर्ने आवाज उठिरहेका छन् । रुइतले विश्वमा प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेको छन् । बुधवार पत्रकार सम्मेलन गरी डा. रुइतले बहराइजका पूर्वराजा सेख इसा बिन सलमान खालिफाको नाममा स्थापित ‘इसा अवार्ड’ प्राप्त गरेको जानकारी दिएका हुन् ।

धेरै पढिएका

पछिल्ला अपडेट