राजकुमार र निर्मला घिसिङको ‘आयो है ल्होछार’ सार्वजनिक

रंग नेपाल २०७९ माघ ४ मा प्रकाशित

काठमाडौं । गायक एवं संगीतकार राजकुमार दोङ तामाङ र गायिका निर्मला घिसिङको आवाजमा ल्होछार गीत ‘आयो है ल्होछार’ बोलको गीत बजारमा आएको छ ।

डोल्मो घिसिङ तामाङको अफिसियल युटुब च्यानलबाट उक्त गीत सार्वजनिक गरिएको हो ।

गायक एवं संगीतकार राजकुमार दोङ तामाङको शब्द र संगीतमा तयार भएको उक्त गीतलाई जोगलाल लामाले संगीत संयोजन, अर्पण थिङले मिक्सिङ गरेका हुन् ।

रोनिश लामाले ड्रोन छायाकंन गरेका हुन भने गीतको म्युजिक भिडियोलाई बिनोद लामाले छायाकंन राजेन्द्र मोक्तानले कलर र अजय स्याङ्तानले निर्देशन र कोरियोग्राफी गरेका हुन् ।

डोल्मो घिसिङ तामाङको निर्माण रहेको भिडियोमा अजय स्याङ्तान, रोहनी लामा, रस्मिला तामाङ र बुद्धि तामाङको अभिनय छ ।

धेरै पढिएका

पछिल्ला अपडेट